वन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अधिकृत मिश्रले ‘रक्तचन्दनको ठेक्का मिलाइदिन्छु’ भनेर ७० लाख घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । आयोगले घुस लिएको रकम सेवाग्राहीलाई नै फिर्ता गर्नुपर्ने मागदाबी लिएको छ ।

घुस लिएको रकम मध्ये ४० लाख रुपैयाँ मिश्रको छोरा नविन कुमार मिश्रको खातामा जम्मा गरेको भेटिएको छ । अख्तियारले छोरालाई पनि प्रतिवादी बनाउँदै ४० लाख बिगो मागदावी लिएको छ ।

मिश्रलाई घुस मिलाउने रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले घुस बापत आएको २५ लाख रकम आफैँले लिएको अनुसन्धानबाट थाहा भएको छ । ग्याल्जेनविरुद्ध पनि २५ लाख बिगो मागदावी लिएर मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस