दक्षिण कोरियामा एक दिनमा अहिलेसम्मकै धेरै संक्रमित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दक्षिण कोरियामा एक दिनमा अहिलेसम्मकै धेरै संक्रमित


४ फाल्गुन २०७८, बुधबार


कोरियन भाषा

सोल । दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ ।

यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ९० हजार ४४३ जना कोरोना संक्रमित देखिएका छन् ।

सो निकायका अनुसार अहिलेसम्म यहाँ १५ लाख ५२ हजारजना कोरोना संक्रमित पाइएका हुन् । यहाँ पछिल्ला केही दिनमा दैनिक ५० हजार जनाभन्दा बढी नै संक्रमित देखिएका छन् । तर यहाँ एकै दिन ९० हजार देखिएको भने यो पहिलो पटक हो ।

यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् । उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस