एमसीसी संसदमा भोलि पेस हुन्छ : कानूनमन्त्री बडु « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

एमसीसी संसदमा भोलि पेस हुन्छ : कानूनमन्त्री बडु


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत गरेका छन् । कांग्रेस संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुने बताए ।

मन्त्री बडूका अनुसार पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेका थिए ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग लगाएपछि उत्पन्न राजनीतिक परिस्थिति र पेचिलो बन्दै गएको एमसीसीको विषयमा आवश्यक निर्णय लिन कांग्रेस संसदीय दलको बैठक जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस