कास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ


३ फाल्गुन २०७८, मंगलबार


पक्राउ

गण्डकी । प्रहरीले कास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महागनरपालिका–१ सिमपानीका ३८ वर्षीय पूर्णबहादुर जलारी र पोखरा–१७ छोरेपाटनका ३१ वर्षीय सूर्यबहादुर थापा रहेका छन् ।

उनीहरुका साथबाट फेनरागन ७० एम्पुल, नुफ्रिन ६९ एम्पुल र डाइजापाम ७० एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

त्यस्तै प्रहरीले पोखरा–१७ घारीपाटनबाट १९ वर्षीय प्रशन भण्डारी र १९ वर्षीय अनिस सुनार, पोखरा–१५ नयागाउँका २१ वर्षीय विकास नेपाली तथा स्याङ्जाको बिरुवा–८ घर भई हाल पोखरा–१५ नयागाउँ बस्ने २१ वर्षीय विशाल गुरुङलाईसमेत पक्राउ गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस