पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना सङ्क्रमण , ८ जनाको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना सङ्क्रमण , ८ जनाको मृत्यु


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ६९६ नमुना परीक्षण गरिएको थियो ।

६ हजार २७९ नमुनाको पीसीआर परीक्षण गर्दा ४८२ र दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ३१९ जन सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै सोमबार ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर २० हजार ७३९ सक्रिय सङ्क्रमित छन् । जसमध्ये १९ हजार ९३० सक्रिय सङ्क्रमित होम आइसोलेसनमा छन् भने ८०९ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये १७८ जनाको आइसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस