१० डीएसपीको सरुवा, केही जिल्लासहित उपत्यका वृत्तका प्रमुख फेरिए « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

१० डीएसपीको सरुवा, केही जिल्लासहित उपत्यका वृत्तका प्रमुख फेरिए


१ फाल्गुन २०७८, आइतबार


नेपाल प्रहरी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १० नायब उपरिक्षक(डीएसपी)को काज सरुवा गरेको छ।

आइतबार साँझ गरिएको सरुवाअनुसार तीन जिल्ला र काठमाडौँ उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका हुन् ।

स्रोतका अनुशार रसुवामा कुलदिप चन्द, दोलखामा गंगाप्रसाद पौडेल र रामेछापमा राजकुमार थिङ जिल्ला प्रहरी प्रमुखमा खटाइएको छ भने उपत्यकास्थित सातदोबाटो प्रहरी वृत्तमा मदन केसी र चापागाउँ प्रहरी वृत्त प्रमुख भएर द्धारिका घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस