आन्तरिक राजश्व विभागको महानिर्देशकमा शाक्य, भन्सारमा भट्टराई « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आन्तरिक राजश्व विभागको महानिर्देशकमा शाक्य, भन्सारमा भट्टराई


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । आन्तरिक राजश्व विभाग(आइआरडी)को महानिर्देशकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् ।

अर्थ मन्त्रालयले राजस्व प्रशासनका दुई महत्त्वपूर्ण विभाग आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ महानिर्देशक खटाउने क्रममा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शाक्यलाई आइतबार महानिर्देशको जिम्मेवारी दिइएको हो ।

तत्कालीन महानिर्देशक शोभा कान्त पौडेललाई अर्थबाटै बाहिर्‍याउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएसँगै रिक्त रहेको पदमा आधा दर्जन बढी आकाङ्क्षी रहे पनि शाक्यले बाजी मारेका हुन् ।

यसैगरी भन्सार विभागको महानिर्देशकमा कमल भट्टराईलाई जिम्मेवारी दिइएको छ । उनी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका तालिम प्रमुख हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस