नर्भिक अस्पतालले पायो टेस्ट ट्युब बेबी सेवाको अनुमति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नर्भिक अस्पतालले पायो टेस्ट ट्युब बेबी सेवाको अनुमति


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ। नर्भिक इन्टरनेशनल हस्पिटलले टेस्ट ट्युब बेबी सेवाको अनुमति पाएको छ । जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्ट ट्युब बेबी(आइभिएफ) सञ्चालनको इजाजत पाउने नर्भिक देशकै पहिलो अस्पताल बनेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थापाथलीस्थित नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आइभिएफ सेन्टर सञ्चालनको इजाजत दिएको हो ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम टेस्ट ट्युब बेसी(आइभिएफ) सञ्चालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो । २०७८ माघ २५ गते सो निवेदनउपर कारबाही भई सचिवस्तरको निर्णयबाट नर्भिकलाई आइभिएफ सेन्टर सञ्चालनको इजाजत दिइएको हो ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम नर्भिकलाई आइभिएफ सेन्टर सञ्चालनको इजाजत दिइएको महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

उनका अनुसार जनस्वास्थ्य नियमावली २०७७ ले व्यवस्था गरेअनुसारको मापदण्ड पूरा गरी आइभिएफ सेन्टर सञ्चालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ । यसअघि विभिन्न ठाउँमा सञ्चालनमा रहेका आइभिएफ सेन्टरहरू कुनै जिल्ला, कुनै क्षेत्रबाट इजाजतप्राप्त थिए ।

नर्भिकले अस्पतालको मुख्य भवनको विपरीत दिशामा अलग्गै भवनमा आइभिएफ सेन्टरका सबै आधुनिक पूर्वाधारहरू तयार गरी परामर्श सेवा सञ्चालन गर्दै आएको छ । सुविधा सम्पन्न र आधुनिक आइभिएफ सेन्टरमा जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस