राजनीतिक दलको कदम सकारात्मक : नेपाल बार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राजनीतिक दलको कदम सकारात्मक : नेपाल बार


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग प्रस्ताव दर्ता गर्नु सकारात्मक कदम भएको जनाएको छ ।

बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधानबमोजिम निष्कर्षमा पुर्‍याउन प्रतिनिधिसभाका सम्पूर्ण राजनीतिक दल तथा सांसदहरुको थप सकारात्मक पहल गर्न आवश्यकता भएको उल्लेख छ ।

बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महाअभियोग प्रस्तावलाई पारित गराउन सकारात्मक पहल गर्न सम्पूर्ण राजनीतिक दल तथा माननीय सांसदज्यूलाई हार्दिक आह्वान पनि गर्दछौँ ।’

बारले न्यायालय शुद्धीकरण गर्न माग गर्दै १०७ दिनसम्मदेखि आन्दोलन गर्दै आएको थियो । प्रधानन्यायाधीश राणाविरुद्ध आजै संसद्मा महाअभियोगको प्रस्ताव दर्ता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस