रुपन्देहीमा एमसिसीको विरोधमा एकीकृत समाजवादीको प्रदर्शन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रुपन्देहीमा एमसिसीको विरोधमा एकीकृत समाजवादीको प्रदर्शन


१ फाल्गुन २०७८, आइतबार


बुटवल । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) सम्झौता खारेजीको माग गर्दै आज (आइतबार) रुपन्देहीमा नेकपा एकीकृत समाजवादीका भातृ सङ्गठनले प्रदर्शन गरेका छन् ।

बुटवलको ट्राफिक चोकमा भएको प्रदर्शनमा सहभागीहरुले ‘एमसिसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, ‘एमसिसी खारेज गरौँ, गो ब्याक एमसिसी’, लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही अध्यक्ष राजु गुरुङले एमसिसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले स्विकार्न नहुने बताए ।

उनले सम्झौता पारित गर्न अमेरिकाले नेपाली नेताहरुलाई धम्की दिए पनि अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए ।

युवा सङ्घ नेपालका केन्द्रीय सचिव हिमाल थापाले एमसिसी परियोजनाबारे राजनीतिक र नागरिक तहमा थुप्रै प्रश्न उठेकाले त्यसबारे सहमति नगरिकन संसदमा लैजानै नहुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस