पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण , १० जनाको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण , १० जनाको मृत्यु


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार १० हजार ११५ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।

६ हजार ३७ जनाको पिसिआर गर्दा ४२७ र ४०७८ जनाको एन्टिजेन परीक्षण ९४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन् ।

यस्तै आइतबार ३ हजार ९३५ जना निको भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस