सेयर बजारमा भारी गिरावट , सबै उपसमूहहरू घटे « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सेयर बजारमा भारी गिरावट , सबै उपसमूहहरू घटे


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । बैङ्कहरूले ब्याजदर बढाएसँगै सेयर बजारमा भारी गिरावट आएको छ । 

साताको पहिलो दिन आज आइतबार परिसूचक नेप्से १०१. २४ अङ्कले घटेको छ । सो अङ्कको कमीपछि परिसूचक २७ सयमा झरेको छ । कुल ५ अर्ब ९७ करोड रुपैयाँको कारोबार भयो । 

सबै उपसमूहहरू घटेका छन् । बैङ्किङ ४२, व्यापार ६८, होटल तथा पर्यटन १०९, विकास बैङ्क २०६, जलविद्युत १८४, फाइनान्स ११२, निर्जीवन बीमा ५५२, उत्पादन ३३५, अन्य ७३, लघुवित्त १८६ र जीवन बीमा उपसमूह ६०४ अङ्कले घटे ।

फागुनदेखि लागू हुने गरी बैङ्क तथा वित्तीय संस्थाहरुले बढाएर नयाँ ब्याजदर घोषणा गरेका थिए । मुख्यतः आइतबार त्यसकै असर बजारमा परेको जानकार बताउँछन् ।

एउटा कम्पनीको मूल्य स्थिर रह्यो भने १९० कम्पनीको मूल्य घट्यो । कुनै पनि कम्पनीको मूल्य बढेन । माथिल्लो तामाकोसीको मूल्य सबैभन्दा धेरै ८.३७ प्रतिशतले घटेको छ । सो कम्पनीको मूल्य प्रतिकित्ता ६४६ रुपैयाँ कायम भएको छ । नारायणी डेभलपमेन्ट बैङ्कको मूल्य ८.२ प्रतिशतले घट्यो ।

धेरै कारोबार रकमका आधारमा माथिल्लो तामाकोसी, अरुणभ्याली हाइड्रोपावर, निफ्रा, नेसनल हाइड्रोपावर र अपी पावर क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस