कमल थापाले ब्युँत्याए राप्रपा नेपाल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कमल थापाले ब्युँत्याए राप्रपा नेपाल


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता कमल थापाले आफ्नो नेतृत्वको पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ब्युँत्याएका छन् ।

थापा तत्कालीन राप्रपा नेपालको अध्यक्ष छँदा पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका पार्टीसँग एकता गरी राप्रपा गठन गरेका थिए । त्यसपछि उक्त पार्टी लाक्पा तामाङको नेतृत्वमा निष्क्रिय थियो ।

राप्रपा परित्याग गरेको एक सातामै थापा राप्रपा नेपालको अध्यक्ष बनेका छन् । लाक्पा तामाङले भने आज (आइतबार) विज्ञप्ति जारी गर्दै आफ्नो अध्यक्ष पद थापालाई हस्तान्तरण गरेको जानकारी दिएका छन् । उनले आफू यही पार्टीमा रहने र यसलाई बलियो बनाउने दाबी गरेका छन् ।

कमल थापाले पनि विज्ञप्ति जारी गर्दै शुभचिन्तक र निकटस्थहरूको सुझाव सल्लाह बमोजिम पुरानो पार्टीलाई पुनर्जागृत गरेको जनाएका छन् ।

थापा निकट नेता राजाराम बर्तौलाका अनुसार उक्त पार्टी अद्यावधि गर्नका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस