निलम्बित जबरा सर्वोच्चबाट बाहिरिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निलम्बित जबरा सर्वोच्चबाट बाहिरिए


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अदालत परिसरबाट बाहिरिएका छन् ।

उनी झन्डाबिनाको गाडी लिएर अदालत परिसरबाट केही बेरअघि निस्किएका हुन् ।

आज (आइतबार) जबराविरुद्ध सत्तारुढका सांसदहरुले संसद् सचिवालयमा महाअभियोग पत्र दर्ता भएपछि उनी स्वतः पदमुक्त भएका हुन् ।

संसद् सचिवालयले जबराविरुद्धको महाअभियोगबारे सर्वोच्च अदालत, राष्ट्रपति र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयलगायतका निकायहरुलाई जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस