न्यायालयकाे गतिरोध हल गर्न प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको हाे: कानुनमन्त्री बडु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

न्यायालयकाे गतिरोध हल गर्न प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको हाे: कानुनमन्त्री बडु


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयमा देखिएको गतिरोध हल गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको बताएका छन् ।

प्रधानन्यायाधीश जबरामा न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले पनि महाअभियोग दर्ता गर्नुपरेको मन्त्री बडुले बताए ।

मन्त्री बडुले सर्वोच्चको गतिरोध अन्त्य गर्न र न्यायालयको गरिमा जोगाउन संवैधानिक प्रक्रियाबाट प्रधानन्यायाधीश हटाउने बाटो अपनाइएको बताए ।

मन्त्री बडुले भने, ‘हामीले यो कुरा पनि सुनिरहेका थियौं । सम्मानीय प्रधानन्यायाधीश ज्यूले पनि म संवैधानिक बाटोबाट आएको व्यक्तिलाई संवैधानिक बाटोबाट निकास चाहन्छु भन्ने अभिव्यक्तिहरु थिए’,

दर्ता भएको महाअभियोग प्रक्रियामा अगाडि बढ्ने उनले बताए ।

मन्त्री बडुले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाइले पारित हुने दावी गरेका छन् । उनले भने, ‘यति महत्वको विषय छ कि, यसको संवैधानिक निकासका लागि सबैको सहयोग हुन्छ । मलाइ लाग्छ यो दुई तिहाइले पारित हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस