जापानी एफ-१५ लडाकु विमान बेपत्ता भएको दुई सातापछि पाइलटको शव फेला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जापानी एफ-१५ लडाकु विमान बेपत्ता भएको दुई सातापछि पाइलटको शव फेला


१ फाल्गुन २०७८, आइतबार


टोकियो । जनवरीमा बेपत्ता भएको जापानी एफ-१५ लडाकु विमानका पाइलटको शव जापानको सागरमा फेला परेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

पाइलटको शव इशिकावा दुर्घटनास्थल नजिकै फेला परेको एनएचके प्रसारकले आइतबार जनाएको छ। जापानको सागरमा सोही क्षेत्रमा लडाकु जेटको किलको टुक्रा भेटिएको थियो ।

अर्का पाइलटको भने खोजी भइरहेको जनाइएको छ । उक्त लडाकु विमान जनवरी ३१ मा इशिकावाको केन्द्रीय प्रिफेक्चरको एयरबेसबाट उडेको केही समयपछि जापानको सागरमा हराएको थियो।

सम्बन्धित समाचार : जापानको एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब

Tags :
प्रतिक्रिया दिनुहोस