लिबियाको राजनीतिक सङ्कटबारे महासचिव गुटर्रेसको आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लिबियाको राजनीतिक सङ्कटबारे महासचिव गुटर्रेसको आग्रह


१ फाल्गुन २०७८, आइतबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले लिबियामा स्थायित्वका लागि त्यहाँका सबै पक्ष लाग्नुपर्ने बताएका छन् ।

लिबियाको स्थायित्वका लागि त्यहाँका राजनीतिक दलहरुलाई आग्रह गरेको महासचिव गुटर्रेसका प्रवक्ताले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

लिबियामा पछिल्लो समयमा राजनीतिक सङ्कट चुलिँदै गएको छ । त्यसैले यस देशको स्थायित्व र राजनीतिक निकासका लागि सबै पक्षको सक्रियताको आवश्यकता रहेको सो विज्ञप्तिमा जनाइएको छ ।

लिबियामा गएको डिसेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम तय भएको थियो । तर पछि सो निर्वाचन सम्पन्न हुन नसकेकाले यहाँ राजनीतिक सङ्कट चुलिँदै गएको छ ।

संयुक्त राष्ट्रसङ्घले यहाँ राजनीतिक सङ्कट थप गहिरिन नदिनका लागि सबै पक्षहरुसँग छलफल चलाएको बताइएको छ । गएको डिसेम्बरको पूर्व निर्धारित समयमा राष्ट्रपतिको निर्वाचन सम्पन्न गर्न नसकेपछि यहाँ राजनीतिक स्थायित्वको प्रश्न उठेको छ ।

अहिलेको सरकार र संसदको वैधानिकता माथि पनि प्रश्न उठेको बताइएको छ । त्यसैले यहाँको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सबै गम्भीर हुनुपर्ने भन्दै यहाँका सबै राजनीतिक दलहरुलाई महासचिव गुटर्रेसले आग्रह गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस