रुसमा एक दिनमै २ लाखभन्दा बढी कोरोना सङ्क्रमित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रुसमा एक दिनमै २ लाखभन्दा बढी कोरोना सङ्क्रमित


१ फाल्गुन २०७८, आइतबार


मस्को । रुसमा गएको २४ घण्टामा धेरै सङ्क्रमित देखिएका बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ शनिबार मात्र दुई लाखभन्दा बढी सङ्क्रमित देखिएका जनाएको छ ।

यहाँ पछिल्ला केही दिनहरुमा बढी मात्रामा र अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिने गरेका छन् ।

यहाँ हरेक दिन अहिलेसम्मकै २४ घण्टाभित्र देखिएका सबैभन्दा बढी सङ्क्रमित देखिने गरेका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यहाँ अहिलेसम्म एक करोड ३९ लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका बताइएको छ । त्यसै गरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घण्टामा नै कम्तीमा पनि ७२९ जना सङ्क्रमितको निधन भएको छ ।

यो समेत गरी यहाँ अहिलेसम्म तीन लाख ३९ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी सङ्क्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस