२२ लाखको निजी लागतमा सामुदायिक भवन निर्माण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२२ लाखको निजी लागतमा सामुदायिक भवन निर्माण


१ फाल्गुन २०७८, आइतबार


जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–१ खैरबाका युवा समाजसेवी राहुल पाण्डेले आफ्नो गाउँमा सामुदायिक भवन निर्माण गरिदिएका छन् ।

२२ लाखका लागतमा निर्माण सम्पन्न सो भवनबाट अब स्थानीय गरिब, विपन्नका छोराछोरीका विवाहको भोजभतेर , भेला तथा गोष्ठी , छलफल तथा सामाजिक कामका लागि सहज हुने छ ।

सङ्घीय सांसद महन्थ ठाकुर, प्रदेश सभासदस्य अभिराम शर्मा र गाउँपालिका अध्यक्ष विक्रम चौधरीले समेत पिपरा गाउँपालिका–१ खैरबागाउँमा सामुदायिक भवन निर्माण गरिदिने प्रतिबद्धता जनाएका थिए ।

सो प्रतिवद्धता हालसम्म कार्यान्वयनमा नआएको स्थानीयवासीको गुनासो गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस