एमसिसीविरुद्ध भ्रम नफैलाऊ, आफ्नै हिसाबले काम गर्ने अधिकार छः प्रवक्ता डा‌‌‌‌‌‌‌‌‌‌‌‌. महत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमसिसीविरुद्ध भ्रम नफैलाऊ, आफ्नै हिसाबले काम गर्ने अधिकार छः प्रवक्ता डा‌‌‌‌‌‌‌‌‌‌‌‌. महत


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले मिले नियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताएका छन् ।

शारदा नगर जेसितको २२औँ पदस्थापन तथा पद ग्रहण एवं सम्मान कार्यक्रमलाई शनिवार साँझ सम्बोधन गर्दै उनले एमसिसीका बारेमा प्रायोजित रूपमा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको बताए ।

एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठुलो सहयोग रहेको भन्दै उनले काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने अधिकार रहेको बताए ।

नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्ड अनुसार सम्बन्ध कायम गर्ने पनि उनले बताए।

फरक प्रसङ्गमा उनले काँग्रेससँग बहुमत नभएकै कारण देशले विकास पाउन नसकेको जिकिर गर्दै आगामी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउन आग्रह समेत गरे । उनले भने, ‘विधि, कानुन र संविधानको सर्वोच्चता मान्ने पार्टी काँग्रेस नै हो ।’

यसअघिका जेसितका अध्यक्ष इन्द्रलाल श्रेष्ठको समितिले मसिना गुरुङको समितिलाई पद हस्तान्तरण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस