राष्ट्रिय प्रकृति संरक्षण कोषका नियुक्तिमाथि प्रश्न उठायो वन मन्त्रालयले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय प्रकृति संरक्षण कोषका नियुक्तिमाथि प्रश्न उठायो वन मन्त्रालयले


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषका पदाधिकारी नियुक्तिमा अपनाइएको मापदण्डमा वन तथा वातावरण मन्त्रालयले प्रश्न उठाएको छ ।

वनमन्त्री रामसहायप्रसाद यादवको निर्देशनमा मन्त्रालयले कोष पदाधिकारीको नियुक्ति प्रक्रियामा अपनाइएको मापदण्ड र प्रयोग भएको योग्यताको कागजातसमेत पेस गर्न कोषलाई भनेको हो ।

वन मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको मनोनयनसम्बन्धी मापदण्ड २०७३ मा कोषको सदस्यसचिव हुन मान्यता प्राप्त विश्वविद्यालयबाट वन विज्ञान, विज्ञान वा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस