गाउँमै पुगेर कोरोनाविरुद्धको खोप « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गाउँमै पुगेर कोरोनाविरुद्धको खोप


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । भारतीय सीमासँग जोडिएको बाँकेको राप्तीपारिका बासिन्दालाई गाउँमै पुगेर कोरोना भाइरसविरुद्धको खोप सेवा उपलब्ध गराइएको छ ।

राप्ती सोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने भारतीय सीमा क्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर, खयरभट्टी, बासखोली र चुनभट्टीलगायत गाउँका १०९ लाई कोरोनाविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेश शर्माले जानकारी दिए ।

उनका अनुसार राप्ती सोनारी–४ स्थित सामुदायिक स्वास्थ्य एकाइ गुर्दनगौडीमा पुगेर सीमा क्षेत्रका बासिन्दालाई खोप सेवा प्रदान गरिएको हो । सो क्रममा ३० जनाको एन्टिजेन परीक्षण गरिएकामा दुई जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्थानीयवासीलाई सामान्य खालका औषधि निःशुल्क वितरण गरिएको थियो । कोरोनाविरुद्धको खोप लगाउन केही विद्यार्थी र स्थानीय बासिन्दा पनि छुटेकाले अर्को हप्ता पुनः उक्त सेवा दिइने उनले जानकारी दिए।

भारतसँग सीमा जोडिएका पहाडी इलाकामा छरिएको बस्ती भएकाले नयाँ गाउँमा असुरक्षा र असुविधा रहेको राप्तीसोनारी –४ का वडाध्यक्ष कान्छा थारूले बताए ।

उनले नयाँ गाउँका वडा नम्बर १ र कतिपय नरैनापुर गाउँपालिकाका समेत बासिन्दा रहेको उल्लेख गर्दै सबै वडा नम्बर ४ का नागरिक नभएको जानकारी दिए ।

बाँकेको अति विकट मानिने नयाँ गाउँ क्षेत्रमा झोरहवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, कुण्टेपानी, चिउरीहवा, गुदनगौडी, मुरकट्टा (महेशपुर) र आमवासा लगायतका गाउँ छन् । पछिल्लो तथ्याङ्कानुसार त्यहाँ १७० घरधुरीको बसोबास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस