अग्रज राष्ट्रसेवक सम्मानित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अग्रज राष्ट्रसेवक सम्मानित


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठन पाँचथरले १८ अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको छ ।

शनिवार फिदिममा आयोजित उक्त सङ्गठनको ११ औँ अधिवेशनका अवसरमा सङ्गठनले सेवा निवृत्त भएका तथा लामो समयदेखि सेवारत रहेका अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको हो ।

सम्मानित भएकाहरूलाई सङ्गठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, नेकपा (एमाले) पाँचथरका अध्यक्ष राजकुमार भण्डारीलगायतले सम्मानपत्र, मायाको चिनो र खादासहित सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा शर्मिला खापुङ, राधाकृष्ण खनाल, सूर्य अधिकारी, केदारनाथ रिजाल, खड्गबहादुर बोहोरा, देउमान कन्दङ्वा, ठाकुरप्रसाद सुवेदी, चन्द्रप्रसाद भट्टराई, शेरबहादुर खड्का, नन्द धमला, उद्धव गौतम, जयप्रसाद तुम्बापो, देवी हुमागाईँ, हेटनारायण श्रेष्ठ, प्रेमकुमार भट्टराई, देउकुमारी राई, प्रेम ओझा र कौशिला आङ्देम्बे छन् ।

उनीहरूले राष्ट्रसेवाका हितमा पुर्याएको योगदानको सम्मान र स्मरणका लागि सम्मान गर्ने परम्पराको थालनी गरिएको सङ्गठनका निवर्तमान अध्यक्ष प्रकाश अधिकारीको भनाइ छ ।

अधिवेशनले प्रेमबहादुर काफ्लेका अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तीर्थ मिश्र र सरस्वती सिवाकोटी, सचिवमा मिलन राई, सहसचिवमा सुवर्ण केदेम र कोषाध्यक्षमा कुलबहादुर थापा निर्वाचित भएका छन् ।

यस्तै समितिका सदस्यमा ज्ञानबहादुर अधिकारी, पदमबहादुर नेम्वाङ, जयराम दाहाल, दधिराम चापागाईँ, छिरिङ शेर्पा, दोनुसा थाम्सुहाङ, एलिसा उप्रेती, खेम थापा, युवराज माबो, वेदप्रसाद मिश्र, प्रकाश तामाङ, चन्द्रप्रकाश राई, निर्मल खाती र भुवन पासवान निर्वाचित भएका छन् ।

अधिवेशनले सङ्गठनका केन्द्रीय प्रतिनिधिमा रीता खत्री, जीवन भण्डारी, सुरेश अधिकारी, प्रकाश अधिकारी र सदनकृष्ण पौड्याललाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा कल्पना अधिकारी, प्रदीप अधिकारी, वेदनिधि खनाल र ऋषिराज पराजुलीलाई चयन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस