झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


१ फाल्गुन २०७८, आइतबार


झापा । मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका सुगम टोल निवासी ५० वर्षीय मानबहादुर बराइली रहेको मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए ।

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज साँझा करेन्ट लागेर उनको निधन भएको हो ।

सो घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीलाई जानकारी गराइसकिएको उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस