बाँकेमा हतियारसहित २जना भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाँकेमा हतियारसहित २जना भारतीय नागरिक पक्राउ


१ फाल्गुन २०७८, आइतबार


पक्राउ

राँझा । बाँके र बर्दियामा चोरी धन्दामा संलग्न दुई भारतीय नागरिकलाई बाँके प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

भारतको रुपैडिहास्थित निबिया निवासी २६ वर्षीय डल्लु मनिहार र बाबागञ्ज निवासी २८ वर्षीय निजामुद्दिन कवडियालाई जानकी गाउँपालिका–५ बुढियागाउँबाट एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार ती दुई जनाले बाँके र बर्दियामा डाँका तथा चोरी घटनामा संलग्न रहेका थिए । गत पुस २९ गते बर्दिया शीतलाबजारका परशुराम सार्कीको घरमा राति पेस्तोल देखाएर तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटेका उनीहरुले यही माघ १७ गते बाँके खजुरा गाउँपालिका–४ डिगाउँ निवासी सुन व्यवसायी हरिप्रकाश विकको घरबाट ५० हजार नगद, साढे तीन तोला सुन र २२० सिसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए ।

इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट खटिएको प्रहरी टोलले एक थान कटुवा पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस