नेपाली रेल आजदेखि सञ्चालन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाली रेल आजदेखि सञ्चालन


१ फाल्गुन २०७८, आइतबार


जनकपुरधाम । नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ ।

धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको रेल सञ्चालन गर्न लागिएको हो । भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

आज बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम आइपुग्ने र कुर्था पुगेर पुनः जयनगर फर्किने बताइएको छ । रेल १० दिनसम्म कुदाइने छ ।

१८ महिनाभन्दा बढी समयदेखि एउटै ठाउँमा थन्केकाले प्राविधिक स्थिति बुझ्नका लागि रेल गुडाउन लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस