जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा


१ फाल्गुन २०७८, आइतबार


जनकपुरधाम । मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

यसअघि मधेश बलिदानी दिवस मनाउँदै आएको यो सरकारले यसपटक तत्कालीन माओवादी केन्द्रले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन लागेको हो ।

जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाइएको छ ।

कार्यक्रममा जनयुद्धका शहीद परिवारलाई आर्थिक सहयोगसहित सम्मान गरिने छ । प्रदेशका प्रत्येक जिल्लाबाट पाँचरपाँच जना गरी ४० जनालाई एक लाखका दरले आर्थिक सहयोगसहित सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस