सर्वोच्चले सबै सेवा भोलीबाट सञ्चालन गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सर्वोच्चले सबै सेवा भोलीबाट सञ्चालन गर्ने


२९ माघ २०७८, शनिबार


काठमाडौँ । सर्वोच्च अदालतले भोली देखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।

गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो ।

गत बिहीबार बसेको पूर्ण बैठकले आगामी १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक पक्षलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेको थियाे ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढे पछि अदालतले गत ५ माघबाट सेवा संकुचन गराउँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस