भारतमा विधानसभा निर्वाचन: सिमाना चार दिनका लागि बन्द « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भारतमा विधानसभा निर्वाचन: सिमाना चार दिनका लागि बन्द


२९ माघ २०७८, शनिबार


बैतडी । नेपाल–भारत सिमानाका हिजोदेखि चार दिनका लागि बन्द भएका छन् ।

भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४ (फागुन २ गते) हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार दिनका लागि बन्द भएका हुन् ।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका हिजो बिहानदेखि फागुन ३ गतेसम्मका लागि बन्द भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाका पनि हिजोदेखि फागुन २ गतेसम्म बन्द भएका दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशको सहमतिको आधारमा नाका बन्द गरिएका हुन् ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।

गड्डाचौकी बन्द

भारतको उत्तराखण्ड राज्यको विधानसभाको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका गड्डाचौकी हिजोदेखि बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार हिजोदेखि फागुन २ गतेसम्मका सीमा नाका बन्द गरिएको छ ।

निर्वाचनका लागि भारत सरकारको अनुरोधमा सीमा नाका बन्द गरिएको हो । भारतको उत्तराखण्ड राज्यमा विधानसभा निर्वाचनका लागि १४ फेब्रुअरीमा मतदान हुँदैछ । चुनाव अवधिभरी सीमा नाका पूर्ण रुपमा बन्द हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस