साउदी विमानस्थलमा ड्रोन आक्रमण, १२ जना घाइते « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

साउदी विमानस्थलमा ड्रोन आक्रमण, १२ जना घाइते


२८ माघ २०७८, शुक्रबार


रियाद । साउदी सेनाले यमन सीमा नजिकैको विमानस्थललाई लक्षित गरी ड्रोन विस्फोट गराउँदा उक्त घटनामा परी कम्तीमा १२ जना घाइते भएका अधिकारीहरूले बिहीबार जनाएका छन् ।

आभा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि विमानस्थलमा केही अंश खसेका थिए । यसअघि यमनका हुथी विद्रोहीले पनि यस्तै आक्रमण गरेका थिए ।

साउदी अरबको राज्य सञ्चालित सञ्चारमाध्यम, साउदी प्रेस एजेन्सीले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ, ‘साउदी रक्षा फौजले आभा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रक्षेपण गरिएको ड्रोन नष्ट गरेको छ ।’

सन्देशमा भनिएको छ, ‘गैर–सैनिक (नागरिक) विमानस्थल र यात्रुलाई खतराको प्रतिक्रिया दिन सुरक्षाकमी परिचालन गरिएको छ र हामी आगामी परिस्थितिको सामना गर्न दृढ कदम चाल्नेछौँ ।’

यस आक्रमणका लागि यमनी हुथी विद्रोहीहरूलाई दोषी ठहर्याइसकिएको पनि छैन थिएन र इरान समर्थित विद्रोहीले पनि तत्काल जिम्मेवारी पनि लिएको छैन ।

सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धनसँग लडिरहेका विद्रोहीले विमानस्थल र कच्चा तेल सङ्कलन केन्द्रलगायतका साउदी क्षेत्रलाई निशाना बनाउँदै बारम्बार ड्रोन आक्रमण गर्ने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस