तुलसीपुर आगलागी : मृत्यु हुनेको पहिचान खुल्यो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

तुलसीपुर आगलागी : मृत्यु हुनेको पहिचान खुल्यो


२८ माघ २०७८, शुक्रबार


काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित जुत्ता-चप्पल गोदाममा भएको आगलागीमा परी मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार करिब १५ वर्षीय हसन बकस, १४ वर्षीय मसिन बकस, १३ वर्षीया सुजिता खातुन, ४० वर्षीय नजरबिन अली र ६ वर्षीय आदित विन अलीको मृत्यु भएको छ । उनीहरू सबै सोही घरमा भाडामा बस्दै आएको अर्यालले बताए ।

शव पोस्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल लगिएको छ ।

इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगो लाग्दा जुत्ता–चप्पलको होलसेल पसल तथा गोदाममा पनि क्षति पुगेको छ।

राति सुतिरहेका बेला आगलागी भएकाले ठुलो मानवीय क्षति भएको प्रहरीले बताएको छ । डिएसपी अर्यालका अनुसार विद्युत्को मिटर पड्किएर आगो लागेको अनुमान गरिएको छ।

सम्बन्धित समाचार : तुलसीपुरको जुत्ता-चप्पल गोदाममा भीषण आगलागी, ५ जनाको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस