पशुपतिनाथ मन्दिर आजबाट खुल्यो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पशुपतिनाथ मन्दिर आजबाट खुल्यो


२८ माघ २०७८, शुक्रबार


काठमाडौँ । पशुपतिनाथको मन्दिर आज (शुक्रबार)बाट खुलेको छ ।

आजबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको २०७८/१०/२३ मा जारी आदेश अनुसार आजबाट मन्दिर खुला गरिएको कोषले स्पष्ट पारेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत स्थलहरुमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने उल्लेख छ ।

‘आम दर्शनार्थी एवं भक्तजनहरुको गुनासोलाई समेत मध्यनजर राखी विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी पशुपतिनाथको मन्दिर भक्तजनहरुको दर्शनका लागि मिति २०७८/१०/२८ गते शुक्रवारका दिनदेखि खुला गरिने व्यहोरा सबैलाई जानकारी गराइएको छ,’ सूचना जारी गर्दै कोषले भनेको छ ।

एक पटकमा ५० जनाभन्दा धेरै भने मन्दिरमा प्रवेश गर्न पाउने छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस