नवनियुक्त अधिकृतलाई तालिमको व्यवस्था मिलाउन प्रतिष्ठानलाई सामान्य सचिवको निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नवनियुक्त अधिकृतलाई तालिमको व्यवस्था मिलाउन प्रतिष्ठानलाई सामान्य सचिवको निर्देशन


२७ माघ २०७८, बिहिबार


समायोजन

काठमाडौँ । नवनियुक्त शाखा अधिकृतहरूलाई आगामी फागुन २ गतेबाट आधारभूत प्रशासनिक प्रशिक्षण दिइने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव सुरेश अधिकारीले सचिव स्तरीय निर्णय गर्दै प्रतिष्ठानलाई फागुनदेखि तालिमको व्यवस्था मिलाउन भनेका हुन् ।

लोक सेवा आयोगको सिफारिसद्वारा खुला प्रतियोगिताबाट शाखा अधिकृतमा नियुक्त भएका नेपाल प्रशासन सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल लेखा परीक्षण र नेपाल व्यवस्थापिका संसद् सेवाका शाखा अधिकृत(राजपत्राङ्कित तृतीय श्रेणी) का चार सय ८८ जना कर्मचारीहरूलाई प्रशासनिक प्रशिक्षण दिन लागिएको हो ।

यसअघि अधिकृत स्तरका कर्मचारीहरूलाई ६ महिनाको तालिम दिइँदै आइएकोमा अब भने कति समय हुने भन्ने यकिन गरिएको छैन । नव नियुक्त अधिकृतहरूलाई तालिम अनिवार्य छ ।

सेवा प्रवाहका सन्दर्भमा प्रशासनिक काम कारबाही कसरी गर्नेदेखि सेवा प्रवाहका क्रममा आई पर्ने जटिलताहरूको समाधानका लागि पनि तालिम कर्मचारीका लागि अनिवार्य जस्तै हो । यद्यपि पुरानै ढर्राले भन्दा पनि सेवा प्रवाहलाई मध्यनजर गर्दै प्रविधिमैत्री र समयानुकूल तवरले पाठ्यक्रम विकास गर्न जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस