एसइई परीक्षाको जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एसइई परीक्षाको जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण हुँदै


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसइईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताएका छन् ।

आज (बिहीबार) शिक्षा पत्रकार नेपालले काठमाडौँमा आयोजना गरेको परीक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एसइईको परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण भइरहेको बताए ।

उनले ऐनमा व्यवस्था नभई सबै कुराहरु प्रदेश सरकारलाई दिन कानुनतः अप्ठ्यारो भएको उल्लेख गर्दै सरकारले प्रदेशलाई अधिकार दिने कानुन पारित गरे प्रदेश सरकारले नै एसइईको परीक्षा लिने बताए ।

अध्यक्ष शर्माले यस पटकको एसइई परीक्षामा २ हजार वटा केन्द्र रहने र ११ हजार बढी विद्यालयले भाग लिने बताए । बोर्डले करिब ५ लाख विद्यार्थी यस पटकको एसइईको परीक्षामा उपस्थित हुनसक्ने अनुमान गरेको छ ।

अध्यक्ष शर्माले कक्षा १२ को परीक्षाको समयतालिका पनि केही दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी रहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस