मान्ममा खानेपानी अभाव « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मान्ममा खानेपानी अभाव


२७ माघ २०७८, बिहिबार


मान्म । कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्ममा खानेपानीको अभाव भएको छ । खानेपानीको उचित वितरण प्रणाली नहुँदा अभाव भएको हो ।

खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा लापरबाही गरेका कारण पानी अभाव भएको स्थानीय रामबहादुर नेपालीले जानकारी दिए । ‘खानेपानीको उचित वितरण नहुँदा खानेपानीको बजारमा अभाव रहेको छ’, उनले भने । खानेपानीको अभाव हुँदा टाढाबाट बोकेर खानेपानीको जोहो गर्नुपरेको नेपालीले बताए । ‘धारामा नियमित पानी नआएपछि सदरमुकाममा नै पिउने पानीको अभाव भएको छ’, उनले भने

खानेपानी वितरणमा केही समस्या आएको र यसको चाँडै समस्या समाधान गरिने मान्म खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर शाहीले बताए । ‘विगत केही दिनदेखि वितरण प्रणालीमा समस्या आउँदा खानेपानीको अभाव भएको छ’, उनले भने, ‘खानेपानी नियमित बनाउन यसका निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गरिनेछ ।’

टाढाबाट खानेपानी सदरमुकाममा ल्याइएको र पाइपमा समस्या आउँदा पनि खानेपानीको अभाव रहने गरेको उपभोक्ता समितिका अध्यक्ष शाहीले जानकारी दिए । ‘हामी टाढाबाट खानेपानी ल्याएर सदरमुकाममा रहेको ट्याङकीमा खसालेर खानेपानीको वितरण गर्ने गरेका छौँ’, उनले भने, ‘कहिलेकाहीँ टाढाबाट ल्याइएका पाइपमा समस्या आउँदा पनि खानेपानीको अभाव हुने गरेको छ ।’

त्यस्तै, नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल कालिकोटले सदरमुकाम भएको खानेपानी अभावलाई तत्काल समाधान गर्न आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस