भारतमा थप ६७ हजार भन्दा बढी कोरोना सङ्क्रमित « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

भारतमा थप ६७ हजार भन्दा बढी कोरोना सङ्क्रमित


२७ माघ २०७८, बिहिबार


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ६७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार गत २४ घण्टामा ६७ हजार ८४ जना नयाँ सङ्क्रमित भएका हुन् ।

यसैसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार करोड २४ लाख ७८ हजार ६० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा अरु एक हजार २४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख ६ हजार ५२० पुगेको छ ।

नयाँ सङ्क्रमितहरूको सङ्ख्या निकै कम हुँदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सात लाख ९० हजार ७८९ पुगेको छ ।

सोही अवधिमा एक लाख ६७ हजार ८८२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड ११ लाख ८९ हजार ७५१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस