एसइई परीक्षा वैशाख ९ गतेदेखि हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एसइई परीक्षा वैशाख ९ गतेदेखि हुने


२६ माघ २०७८, बुधबार


काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि हुने भएको छ ।

आज (बुधबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षाको समयतालिका भने भोलि (बिहीबार)को गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

स्थानीय चुनावको मितिसँग एसइईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसइईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

शर्माले भने ‘हामीले वैशाखभित्र गर्ने भनेकै थियौँ । तर निर्वाचन मिति तय नहुँदासम्म जुध्ने होकी भन्ने कुराले केही ढिलाइ भएको हो । निर्वाचन अघि नै परीक्षा सक्ने गरी मिति तय गरिएको हो ।’

बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस