प्रदेशसभाअन्तर्गत तीनवटै विषयगत समितिले पायो सभापति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेशसभाअन्तर्गत तीनवटै विषयगत समितिले पायो सभापति


२६ माघ २०७८, बुधबार


जनकपुर । लामो समयदेखि रिक्त मधेस प्रदेशसभाअन्तर्गत तीनवटै विषयगत समितिले सभापति पाएको छ ।

निर्वाचन प्रणालीबाट प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली काँग्रेसका नरेशकुमार यादव र कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का मदनसेन श्रीवास्तव निर्वाचित भएका छन् ।

प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका जगत्प्रसाद यादव सर्वसम्मत निर्वाचित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सार्वजनिक लेखा समितिको सभापतिका लागि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट प्रह्लाद गिरी गोश्वामी र कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेबाट जगतारण देवीसाह सुडीले उम्मेदवारी दर्ता गराएक थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस