वैदेशिक रोजगार विभागको महानिर्देशकमा पौडेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वैदेशिक रोजगार विभागको महानिर्देशकमा पौडेल


२५ माघ २०७८, मंगलबार


काठमाडौँ। वैदेशिक रोजगार विभागको महानिर्देशकमा शेषनारायण पौडेललाई पठाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार मन्त्री स्तरीय निर्णय गर्दै विभागको जिम्मेवारी मन्त्रालयका सहसचिव तथा श्रम सम्बन्ध महाशाखा प्रमुख पौडेललाई दिएका हुन् ।

करिब ६ महिना अघि विभागको महानिर्देशकको जिम्मेवारी दिइएका दीपक काफ्ले मन्त्रालय तानिएका छन् ।

भूमि व्यवस्थापन विभागको महानिर्देशकका रहेका पौडेल दुई महिना अघि मन्त्रालयमा सरुवा भएका थिए । विभागको नेतृत्वमा रहँदा भूमि प्रशासनलाई प्रविधिमैत्री बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको पौडेललाई वैदेशिक रोजगार सेवालाई पनि प्रविधिमैत्री बनाउन विभागको जिम्मेवारी दिइएको मन्त्रालयको भनाई छ।

यस्तै वैदेशिक रोजगार विभाग मातहत रहेको इपीएस शाखाको निर्देशकमा रोजगार समन्वय तथा सूचना शाखा प्रमुख पुष्पराज कटवाल नियुक्त भएका छन् ।

इपीएस शाखाको निर्देशकको जिम्मेवारीमा रहेका उपसचिव सुरेश राउत मन्त्रालय तानिएका छन् । कटवाल इपीएसमा गएसँगै रोजगार समन्वय तथा सूचना शाखा प्रमुखमा एकदेव अधिकारी आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस