२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा जहाज राखेर उडान गर्ने

अ+ अ-

काठमाडौँ । निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थलमा ५ वटा जहाज राखेर राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ ।

अहिले काठमाडौँलाई हव मानेर कम्पनीले आन्तरिक तथा बाह्य उडान गरिरहेको छ ।

राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको छ ।

उक्त विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले पोखरामा ५ वटा जहाज राखी राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान गर्ने योजना रहेको कम्पनीले जनाएको छ

योजना अनुसार पोखराबाट कम्पनीले भारतको विभिन्न गन्तव्यहरुमध्ये सुरुवातमा नयाँ दिल्ली, देहरादुनमा सिधा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।

पोखराबाट धौलागिरिदेखि सगरमाथासम्म हिमशृङ्खला दृश्यावलोकन उडान तथा काठमाडौँ र अन्य सहरहरुसँग आवश्यकता अनुसार दैनिक सिधा उडान गर्ने समेत घोषणा कम्पनीले गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने भन्दै यसलाई सच्याउन समेत कम्पनीले माग गरेको छ ।

हाल निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्व पश्चिम ‘रन–वे’को पश्चिम ‘रन–वे’ लाई मात्र अन्त्यसम्म ‘ट्याक्सी–वे’ ले जोडिएको छ । पश्चिममा ठुलो डाँडाका कारण विमान अवतरण पूर्वबाट मात्र सम्भव छ । तर पूर्वको रनवेलाई ‘ट्याक्सी–वे’ले जोडिएको छैन । यसैकारण विमानहरु उडान भर्नुपर्दा पश्चिमबाट मात्र सम्भव छ । यसले गर्दा ‘हवाई ट्राफिक’ बढ्न गई स्वतः कम उडान हुने भन्दै सच्याउन समेत माग गरेको छ ।

बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत आधा रनवेसम्म मात्र भएको ‘ट्याक्सी–वे’लाई पूर्वको ‘रनवे’को अन्त्यसम्म तुरुन्तै जोड्न आग्रह गरेको हो ।