एमालेको स्थानीय चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम तय ,अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एमालेको स्थानीय चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम तय ,अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने


२५ माघ २०७८, मंगलबार


काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ ।

महासचिव शङ्कर पोखरेलले आज (मंगलबार) प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने तय भएको एमालेले जनाएको छ ।

उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।

यस्तो छ कार्यतालिका :

प्रदेश नं १– फागुन १– २, विराटनगर

मधेस प्रदेश– फागुन ३–४, जनकपुर

बागमती प्रदेश– फागुन ६–७, काठमाडौँ

गण्डकी प्रदेश– फागुन ८–९, पोखरा

लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवल/दाङ

कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत

सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी

Tags :
प्रतिक्रिया दिनुहोस