छानबिन समिति गठन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

छानबिन समिति गठन


२५ माघ २०७८, मंगलबार


डोटी । सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा छानबिन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप–निर्देशक देवसिंह धामीको नेतृत्वमा समिति गठन भएको छ ।

उक्त शिक्षालयमा आर्थिकलगायत अन्य विभिन्न विषयमा नियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले उपनिर्देशक धामीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

समितिले आजदेखि आफ्नो काम थालनी गरेको छ । उक्त समितिमा जिल्ला प्रशासन र कोलेनिका प्रतिनिधि रहेका छन् । शिक्षालय प्रमुख वीरेन्द्रबाबु यादवलाई जिम्मेवारीबाट हटाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस