वीपी प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वीपी प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु


२५ माघ २०७८, मंगलबार


काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ताप्लेजुङ्गको याङवरकी ६५ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।

माघ २३ गते कोरोना संक्रमण पुष्टि भएकी महिला सोही दिन अस्पताल भर्ना भएकी थिइन् । ती महिलाले कोरोना विरुद्धको एक डोज पनि खोप नलगाएको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस