सोमालियामा खडेरीका कारण भोकमरी भएको राष्ट्रसङ्घको भनाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सोमालियामा खडेरीका कारण भोकमरी भएको राष्ट्रसङ्घको भनाई


२५ माघ २०७८, मंगलबार


मोगादिसु । सोमालियामा भोकमरीका कारण ठूलो संख्याका नागरिकमा भोकमरी छाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले पछिल्लो समयमा यहाँ ठूलो भोकमरीका कारण कम्तीमा पनि ४३ लाख मानिस प्रभावित भएको जनाएको हो ।

यहाँ अघिल्लो महिनामा नै ३२ लाख मानिसलाई भोकमरीले छोएको र यो महिना अरु मानिस थपिएको राष्ट्रसङ्घले जनाएको छ ।

भोकमरीकै कारण खाना र पानी खोज्नका लागि २ लाख ७१ हजार मानिस त आफ्नो घर छोडेरै हिँडेको तथ्याङ्क राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ ।

यो जनसंख्याका लागि आवश्यक मात्रामा सहयोगका लागि पनि सो एजेन्सीले सबै विदेशी समुदायलाई आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस