नेपालमा रासायनिक मल कारखाना खोल्न तीन विदेशी कम्पनीद्वारा प्रस्ताव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालमा रासायनिक मल कारखाना खोल्न तीन विदेशी कम्पनीद्वारा प्रस्ताव


२५ माघ २०७८, मंगलबार


काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्न तीन विदेशी कम्पनीले लगानी प्रस्ताव गरेका छन् । छिमेकी मुलुक भारतसहित बेलायत र जर्मनीका कम्पनीले मल कारखाना खोल्न प्रस्ताव पेस गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

सरकारले नेपालमै मल कारखाना खोल्न भन्दै लगानी मोडल अध्ययन गरिरहेको बेला यस्तो प्रस्ताव आएको हो । जर्मनीको डीआईएजी, भारतको ईएक्स आईएन र बेलायतको इन्फालिङस् नामक कम्पनीले मल कारखानामा लगानी गर्न प्रस्ताव गरेको बोर्डले जनाएको छ ।

नेपालको मल कारखानामा लगानी गर्न आएको प्रस्तावबारे प्रारम्भिक अध्ययन गर्न एक समिति गठन गरिएको छ । केपी शर्मा ओली सरकारको पालामा २०७७ कात्तिक १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वदेशमै मल कारखाना खोल्नेबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको थियो ।

नेपालमा वार्षिक साढे सात लाख मेट्रिक टन रासायनिक मलको माग रहँदै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहज आपूर्ति गर्न नसक्दा नेपालले दुई वर्षदेखि मलको चरम अभाव झेल्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस