क्यानडाको राजधानीमा सङ्कटकाल घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

क्यानडाको राजधानीमा सङ्कटकाल घोषणा


२४ माघ २०७८, सोमबार


मोन्ट्रेल । क्यानडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ ।

ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले सङ्कटकालको घोषणा गरेको हो ।

कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिबन्धात्मक व्यवस्थाकाविरुद्धमा ट्रक चालकहरुले केही दिनदेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

ओटावाका नगरप्रमुख जीम वाट्सनले राजधानी सहर नियन्त्रणबाहिर गएकाले नियन्त्रणमा राख्नका लागि सङ्कटकाल घोषणा गरिएको जानकारी दिएका छन् ।

आन्दोलनकारी ट्रक चालकहरुले निरन्तर हर्न र साइरन बजाउने र पटाका पड्काउने लगायतका क्रियाकलाप गरेर सहरवासीलाई आजित बनाएको उनले दाबी गरे ।

चालकहरुले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गर्दा यातायात सेवा नै अस्तव्यस्त भएर नगरवासीलाई समस्या भएको छ । साथै आपतकालिन सेवासमेत अवरुद्ध भएको उनको भनाई छ ।

उनले सङ्कटकालको नियम नमान्ने र सहरमा अशान्ति मच्चाउनेलाई प्रहरीले गिरफ्तार गर्ने र कानुनी कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस