आज मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय चुनावको मिति तोक्नसक्ने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आज मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय चुनावको मिति तोक्नसक्ने


२४ माघ २०७८, सोमबार


काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे बस्ने बैठकले स्थानीय तह निर्वाचनको मितिसमेत तोक्नसक्ने जनाइएको छ ।

यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको र सरकारकै एक मन्त्रीले पनि आज चुनावको मिति घोषण हुने बताई सकेका छन् ।

आइतबार प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग स्थानीय चुनावलगायतका विषयमा छलफल गरका थिए ।

बैठकले अन्य केही प्रशासनिक निर्णयसमेत गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस