सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा ३ जनाको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा ३ जनाको मृत्यु


२४ माघ २०७८, सोमबार


बुटवल । रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् । बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर नजिक पूर्व–पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहानै ठोक्किएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइतेको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस