काठमाडौँ महानगरमा आजदेखि फाइजर खोपको दोस्रो डोज « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काठमाडौँ महानगरमा आजदेखि फाइजर खोपको दोस्रो डोज


२४ माघ २०७८, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि आउँदो फागुन ५ गतेसम्म कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो डोज लगाइँदै छ ।

शनिबारबाहेक अरू सबै दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

१२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाई तीन हप्ता पूरा भएका विद्यार्थीले दोस्रो डोज खोप लगाउनका लागि पूर्ववत् खोप केन्द्र तोकिएका विद्यालयहरूमा जानुपर्ने महानगरले जनाएको छ ।

महानगरका ३२ वटै वडामा रहेका निश्चित विद्यालयहरूलाई खोप केन्द्र तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस