प्रख्यात गायिका लता मंगेशकरको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

प्रख्यात गायिका लता मंगेशकरको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त


२३ माघ २०७८, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

विश्व प्रसिद्ध गायिका मंगेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपतिले मंगेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गरेकी छन् ।

राष्ट्रपति भण्डारीले ट्विट गरेकी छन्, ‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता  मंगेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली ।’

Tags :
प्रतिक्रिया दिनुहोस